अर्थ व्यवसाय

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को दुई महिना साउन र भदौमा करिब ९ सय वटा विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा ९ सय वटा विद्युतीय जिप, कार र भ्यान नेपाल भित्रिएका हुन् ।
यसमा ५० किलोवाटसम्मका २५५, १०० किलोवाटसम्मका ६३१, २०० किलोवाटसम्मका ९ र त्यसभन्दा माथिका ३ ईभी रहेका छन् । सबैभन्दा बढी चीनबाट ५७५ र भारतबाट ३१७ ईभी नेपाल भित्रिएका छन् भने जर्मनीबाट २ र इन्डोनेसियाबाट ४ गाडी नेपाल भित्रिएका छन् ।
गत आव २०७९/८० को २ महिनामा ४१४ वटा विद्युतीय गाडी आयात भएका थिए । यस वर्षको संख्या गत वर्षको यही अवधिको भन्दा दोब्बर हो ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० १४:२५
प्रतिक्रिया दिनुहोस्