site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोसोभोमा प्रहरी अधिकृतको हत्या, एकजना गम्भीर घाइते
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

प्रिस्टिना । कोसोभोमा एक प्रहरी अधिकृतको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । 

गस्तीमा रहेको प्रहरी टोलीमाथि सर्बियासँगको सीमाना नजिक आपराधिक समूहले आक्रमण गर्दा  ती प्रहरी अधिकृतको मृत्यु भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सडकमा अवरोध सृजना गरेर बसेका आक्रमणकारीको समूहले प्रहरीलाई देख्नेबित्तिकै ग्रिनेडलगायत विष्फोटक पदार्थसँगै गोली वर्षाएको प्रहरीले एक विज्ञप्ति निकालेर बताएको छ । 

कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्तीले आक्रमणको निन्दा गर्दै त्यसलाई आतंकवादी कार्य भनेका छन् । विभिन्न प्रकारका स्वचालित हतियार बोकेका आक्रमणकारीले गरेको जघन्य हत्याको उनले भत्र्सना गर्दै आतंकवादी गतिविधिमा बेलग्रेडको हात रहेको आरोप लगाएका छन् । 

Global Ime bank

बेलग्रेडका अधिकारीहरूको राजनैतिक एवं आर्थिक सहयोगमा आफ्नो देशमा संगठित आपराधिक समूहले आक्रमण गरिरहेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सर्बिया र कासोभोबीचको सम्बन्ध सुधारका निम्ति युरोपेली संघको मध्यस्थता ब्रसेल्समा दुवै देशका नेताबीच भएको वार्ता असफल भएका एक सातापछि यो घटना भएको हो । 

दुई दशकभन्दा बढी समयदेखि बिग्रिएको बाल्कन  क्षेत्रका यी दुई छिमेकीबीचको सम्बन्ध सुमधुर तुल्याउन तथा जारी विवाद समाधानको प्रयास युरोपेली संघले गर्दै आएको छ । ब्रसेल्स वार्ता परिणामविहीन भएपछि द्विपक्षीय कूटनीतिक गतिरोध पनि कायम नै छ । 

प्रिस्टिनाले गत मे महिनामा चार सर्बहरूको बाहुल्य रहेका चार नगरपालिका प्रमुखमा जातीय अल्बेनियालीलाई स्थापना गर्ने निर्णय गरेपछि आपसी द्वन्द्व चर्किएको हो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement