site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस बैठकमा पौडेलले भने– सरकार प्रभावकारी भएन, गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सरकार प्रभावकारी नभएको भन्दै नेताहरूले आपत्ति जनाएका छन् । बैठकको चौथो दिन आइतबार केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बस्नु मात्र उपलब्धि मान्नु गलत भएको बताए ।

सांसद समेत रहेका केन्द्रीय सदस्य पौडेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको, अनुगमन नभएको तथा बजार क्षेत्रमा ३५ प्रतिशत सटर बन्द भएको र खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी बढेको उल्लेख गरे । उनले पार्टीबाट मन्त्री बनेकाहरूले पनि राम्रो काम गर्न नसकेको बताए ।

“हाम्रा कुनै पनि साथी (मन्त्री)ले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ । सरकारमा बस्नु मात्र उपलब्धि होइन,” उनले भने ।

नेता पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काम गर्न आग्रह गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए । कांग्रेस सरकारमा बसेकाले पार्टी लोकप्रिय हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।

“सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्‍यो । गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन,” उनले भने ।

दुबईमा लगानी ओइरिएको चर्चा गर्दै उनले देशमा पनि त्यस्तै वातावरण सिर्जना गरिनुपर्ने धारणा राखे ।

उनले पार्टीको आसन्न नीति अधिवेशनले आशाको सञ्चार गराउनुपर्नेमा जोड दिए । “१६औँ पञ्चवर्षीय योजना कस्तो हुनुपर्छ, हामीले त्यसबारे छलफल गर्नुपर्छ,” पौडेलले बैठकमा भने, “युवा विदेशिएको, परराष्ट्र नीति शिथिल भएको, आर्थिक अवस्था डामाडोल रहेको, बैंकमा पैसा भए पनि बजारमा नआएकोमा छलफल गरी दृष्टिकोण निर्माण गर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro