site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानको सचिव बनेपछि पारस खड्काको प्रतिवद्धता– घरेलु क्रिकेटको संरचना विकास गर्छु 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सचिवमा विजयी भएका पारस खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताएका छन् ।

नेपाली क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रुपमा बढाउने पनि उनले बताए । जिल्ला र प्रदेश स्तरको क्रिकेट संरचनालाई पनि बलियो बनाएर लैजाने उनको भनाइ छ ।

“सबैभन्दा ठूलो कुरा भनेकै घरेलु क्रिकेटको संरचना छ । म क्रिकेट टिमको कप्तान हुँदा पनि यो कुरामा धेरै प्रश्न गरेको थिएँ । आफैँ अब नेपाल क्रिकेट संघको पदाधिकारी भएर सचिव हुँदा मेरो एउटा मात्रै प्राथमिकता घरेलु क्रिकेटको संरचना, जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने ? भन्ने हुन्छ,” उनले भने, “नेपाली टिम परिपक्व छ । मैले क्रिकेट खेल्दा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको छु । त्यसको आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको पार्टनरसिपमा सोचेको छु ।”

अहिलेको टिम राम्रो बनेको भन्दै खड्काले चुनाव जित्न सजिलो नभएको पनि बताए ।

“चुनाव त्यति सहज रहेनछ । मसँगै मैले चाहेको, हाम्रो टिमको पनि केही व्यक्ति आउनुभएको भए सहज हुने थियो । तर पनि अहिले निर्वाचित टिम पनि राम्रो बनेको छ भन्ने लाग्छ,” उनले भने, “धेरै मानिसले पारस खड्काले के गर्छ ? क्यानमा आएर भन्ने थियो । यहाँ पारस खड्काले मात्रै गरेर हुँदैन । नेपाल क्रिकेटले मलाई सबै कुरा दिएको छ । मेरो व्यक्तिगत सोच, विचार भनेको नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्ष, विपक्षहरु छन्, तिनीहरुलाई एक ठाउँमा ल्याएर मेरो आफ्नो भूमिकाबाट र नेपाली क्रिकेटलाई संस्थागत रुपमा अझ अघि कसरी बढाउँ भन्ने सोच विचारका साथ अघि बढ्ने प्रतिवद्धता गर्छु ।”

उनले भौतिक संरचनामा सरकार र राष्ट्रिय खेलकुद परिषद्ले विशेष भूमिका खेल्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro