site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांगीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । संगीतमा भविष्य बनाउन अघि बढेको समयमा दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’ शीर्षकको सो चलचित्र रिलिज गरिएको छ ।

भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो चलचित्र सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक भएका गायक राजेश पायल राई पनि सहभागी थिए । 

सुरेशसँगका पलहरू सम्झिँदै राईले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए । उनले गत वर्ष निधन भएका सुरेशको परिवारसँगको भावनात्मक सम्बन्धका कारण उनीहरू बस्ने सहर एटलान्टामा हुने सबै कार्यक्रम रद्द गरेको बताए । केरुङ परिवार भने रिलिज कार्यक्रममा उपस्थित थिएन । परिवारको प्रतिनिधित्व पनि गायक राईले नै गरेका थिए ।

सांगीतिक चलचित्रको गीतमा शब्द रचना विक्रम साङ्पाङको रहेको छ भने संगीत शंकर थापा स्माइलको छ । राजेश पायल राई, प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर रहेको छ ।

२० मिनेट लामको सांगीतिक चलचित्रलाई देव जंग थापाले निर्देशन गरेका छन् । यसमा माओत्से गुरुङ, कविता आले, बुद्धि तामाङ, एलिशा राई, रजनी गुरुङ, अनील सुब्बा, दिप्सन आङ्बो र धनु ग्याङ्मीको अभिनय रहेको छ । सिनेमेटोग्राफर ज्ञानेन्द्र शर्मा हुन् भने सम्पादक विवेक उप्रेती हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro