site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालको प्रश्न– माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले पूरा गर्न सक्छ ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिइएको विषयमा प्रश्न उठाएका छन् ।

शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायीको महासंघको महाधिवेशनमा उनले स्थानीय तहलाई दिँदा शिक्षण संस्थाको उन्नति र प्रगति भन्दा पनि त्यसलाई कसरी उपयोग गर्नेमा मात्रै सीमित रहने अवस्था बन्न सक्ने बताए ।

“शिक्षकहरू आन्दोलनमा किन उत्रिएका छन् भने माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले पूरा गर्न सक्छ ? त्यसले समष्टिगत पक्ष सोच्न सक्छ ?,” उनी भन्छन्, “ उसले आफ्ना मान्छेलाई कसरी भर्ना गर्ने, नजिकका मान्छेले पढोस् नपढोस्, पढाओस्, नपढाओस् । कसैले त्यहाँ भर्ना गर्ने । शिक्षण संस्थाको उन्नती र प्रगति भन्दा पनि त्यसलाई कसरी उपयोग गर्नेमा मात्रै सीमित रहने कुराहरू पनि सोच्न सक्ने स्थिति बन्छ । त्यसो हुनाले पनि प्रश्न उठेको छ ।”

उनले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि तत्काल संविधान संशोधन हुने वातावरण नभएको पनि बताए । 

“संविधान बनाउँदा पनि हामीले समावेशिताको कुरा सोचेर, अधिकारको विकेन्द्रीकरणको कुरा सोचेर हुँदा हुँदा पालिका तहमै माध्यमिक तहसम्मको अधिकार दिएका छौँ ।  तुरुन्त संविधान संशोधन गर भनेर हुने अवस्था छैन,” नेपालले भने, “किनभने भिन्न राजनीतिक पार्टी छन् । ती पार्टीमा समग्र चिन्तन पनि छैन । कसरी संकट खडा गरेर फाइदा उठाऊँ भन्ने छ ।” 

उनले दलहरूमा सत्ताबाट बाहिरिपरेको र सत्तामै टिकिरहने चिन्ता भएको सुनाए  । उनले शिक्षकका जायज माग वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताए । 

“समस्याको सामग्र समाधान तुरुन्तै निकाल्न गाह्रो छ । तर, समाधान निकाल्नै पर्‍यो । सडकमा उत्रिएका शिक्षहरूका जायज कुराहरूलाई, उपयुक्त, सम्भव हुने कुराहरूलाई । आजको निम्ति सम्भव हुने कुरालाई आज, भोलिको निम्ति गर्दै जानुपर्ने कुरालाई सोचसहित छलफल वार्ता गरेर यो समस्याको समाधान निकाल्न आवश्यक छ,” उनले कार्यक्रममा भने ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro