site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षक र सरकारबीचको बैठक निष्कर्षविहीन

काठमाडौं । आन्दोलनरत शिक्षकहरू र सरकारबीचको बैठक बिनानिष्कर्ष टुंगिएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नगरी टुंगिएको हो । 

बैठक भोलि बिहान ९ बजे फेरि बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । उनले आजको बैठक वार्ताको माहोल तयारमा केन्द्रित रहेको बताए ।

उनले आज कुनै पनि प्रकारको सहमति नभएको बताए । आफूहरूका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ ।

"जबसम्म हाम्रा माग पूरा हुँदैनन्, तबसम्म हस्ताक्षर पनि गर्दैनौँ, आन्दोलन पनि जारी रहन्छ," उनले भने ।

 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro