देश
काठमाडौं । पोखरा महानगरपालिकाले विद्यालयमा नियमित पठनपाठन गर्न शिक्षकहरूलाई निर्देशन दिएको छ ।
शिक्षकहरू शिक्षा विधेयकको विरोधमा आन्दोलनमा जाँदा पठनपाठन अवरुद्ध भएपछि महानगरले सिकाइका क्रियाकलाप पूर्ववत्रूपमा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो ।
आज एक विज्ञप्तिमार्फत महानगरले शिक्षकहरूले आफ्नो हकहित र वृत्ति विकासलगायतका सवालमा राखेका कतिपय मागहरूप्रति आफूहरू संवेदनशील रहेको बताएको छ । तर, विद्यालयहरूको नियमित पठनपाठन तथा सिकाइका क्रियाकलापहरू समेत अवरुद्ध हुने गरी आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउँदा विद्यार्थीहरूको निर्वाध शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकारको हनन भएको महानगरको ठहर छ ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १६:१०
प्रतिक्रिया दिनुहोस्