site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
६ संसदीय समितिका बैठक आज
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभिन्न ६ संसदीय समितिका बैठक बिहीबार बस्दै छ ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको कार्यविधिको मस्यौदामाथि छलफल गरिनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहान ११ बजे नै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । बैठकमा समितिको आन्तरिक कार्यविधिको मस्यौदामाथि छलफल गरिनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे नै बस्नेछ । बैठकमा मन्त्रालयबाट गरिएको श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भूमिका विषयक कार्यक्रमका सम्बन्धमा मन्त्रीबाट जानकारी लिइनेछ । समितिबाट गरिने अनुगमन कार्यविधि सम्बन्धमा समेत छलफल गरिनेछ ।

Global Ime bank

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान १० बजे बस्ने तय छ । बैठकमा समितिमा दर्ता भएका उजुरीमाथि छलफल गरिनेछ ।

बिहान ९ बजेदेखि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समसामयिक विषयमाथि छलफल गरिनेछ ।

यस्तै, राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । नेपाल सरकारका निकाय र सार्वजनिक संस्थामार्फत जनताका लागि गरिने सेवा प्रवाहका सम्बन्धमा दिन प्रतिदिन बढ्दो गुनासो र भ्रष्टाचार निवारणका लागि राष्ट्रिय सतर्कता केन्द्रबाट गरिएका कामकारबाही, सुशासन प्रवर्द्धनमा चालिएका कदम एवं प्रगतिका विषयमा बैठकमा छलफल गरिनेछ ।

यी बैठक सिंहदरबारस्थित समितिका आ–आफ्ना सभाकक्षमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement