site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली नियुक्तिपत्र बनाउने जिल्ला शिक्षा अधिकारी र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादव र धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

मण्डलले नक्कली नियुक्तिपत्र बनाएर यादवलाई विद्यालयमा पदस्थापन गरेको पुष्टि भएको जनाउँदै अख्तियारले मंगलबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

Argakhachi Cement Island Ad

अनुसन्धानका क्रममा यादवले भानु उच्च माध्यामिक विद्यालयको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाई सोही नक्कली नियुक्तिपत्रको आधारमा राम जानकी प्राथमिक विद्यालय, कटरैतमा पदस्थापना भई सुविधा लिएको अख्तियारले जनाएको छ ।

साविक जिल्ला शिक्षा कार्यालय धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले यादवको शिक्षक पदको नक्कली नियुक्तिपत्र बनाउन सघाएको अख्तियारको भनाइ छ । 

नियुक्ति नै नभएको र अभिलेखीकरण नै नभएकी यादवलाई स्थायी शिक्षकको पदस्थापना गर्ने क्रममा कनिष्ठताको आधारमा भानु उच्च माध्यमिक विद्यालयबाट विस्थापित गर्ने एवं लगत्तै राम जानकी प्राथमिक विद्यालयमा पदस्थापना गर्ने कार्य मण्डलले गरेको ठहर अख्तियारको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्