site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
नेम्वाङको निधनमा देशले असल नेता र सदनले अभिभावक गुमायो : ओनसरी घर्ती
फाइल तस्बिर।
Ghorahi CementGhorahi Cement

काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनले संसद्मा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व संसद्ले गुमाएको बताएकी छन् ।

मंगलबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा बोल्दै उनले स्व. नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै संसद्ले अभिभावक गुमाएको बताइन् । 

Dabur nepal
Agni Group

संसद् चलाउनका लागि र आजको परिस्थितिलाई सम्हाल्नका लागि, आजको संकटलाई सजिलै सहजीकरण गर्नका लागि संसद्ले अभिभावक गुमाएको उनको भनाइ थियो ।

समन्वयकारी, सजिलै पहुँच राख्न सक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने, एक असल नेता देशले गुमाएको घर्तीले बताइन् । नेम्वाङको निधनले देशको लागि ठूलो क्षति पुगेको भन्दै उनले स्व. नेम्वाङ संविधानसभाको सफल अध्यक्ष भएको बताइन् ।

“एक समन्वयकारी, सजिलै पहुँच राख्न सक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने, एक असल नेता पनि देशले गुमाएको छ । यो पनि हाम्रो ठूलो क्षति हो,” उनले भनिन्, “आफू उहाँ पदीय मर्यादामा रहँदा पदीय मर्यादा कहिल्यै पनि भुल्नुभएन । उहाँ संविधानसभाको सफल अध्यक्ष हुनुहुन्छ । हामी सबैले सम्झिरहन्छौँ ।”

पूर्वसभामुख घर्तीले राजनीतिक वृत्तमा नेम्वाङले खेलेको मध्यस्थकर्ताको भूमिका राज्यले सधैँ सम्झिरहने बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu