site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी हुन् शिक्षा दिवसमा पुरस्कृत हुने क्याम्पस, विद्यालय र शिक्षक

काठमाडौं । राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा मंगलबार पुरस्कृत हुने उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपललगायत व्यक्तिको नामावली सार्वजनिक गरिएको छ ।

‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम दिवसको मूल समारोह समितिको पुरस्कार छनोट समितिको सिफारिसमा १७७ जनाको नामावली सार्वजनिक गरिएको हो । आज आयोजना हुने कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले ती पुरस्कार प्रदान गर्नेछन् ।

पुरस्कृत हुनेमा वि.सं. २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा उत्कृष्टताका आधारमा सामुदायिक (सार्वजनिक) विद्यालयतर्फ सिन्धुलीको कमला माविलाई राष्ट्रिय शिल्ड, ध्वजा र नगदसहित तीन लाख रुपैयाँ, द्वितीय हुने सिन्धुलीकै कमला माविलाई दुई लाख र तृतीय हुने सल्यानको नारायण माविलाई एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरिनेछ ।

Dabur Nepal
NIC Asia

निजी (संस्थागत) विद्यालयतर्फ राष्ट्रियस्तरमा प्रथम भएको ललितपुरको प्रसादी एकेडेमीले तीन लाख, द्वितीय भएको काठमाडौंको सेन्ट जेभियर्स कलेजले दुई लाख र तृतीय भएको काठमाडौंकै बूढानीलकण्ठ स्कुलले एक लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा रुपन्देहीको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, मोरङको मनमोहन मेमोरियल पोलिटेक्निक, झापाको लाइफलाइन अस्पताल प्रालि र मोरङको आदर्श माविले प्रतिसंस्था एक÷एक लाख रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट क्याम्पसतर्फ विश्वविद्यालय अनुदान आयोगको मूल्यांकनका आधारमा आंगिक क्याम्पसमध्ये ललितपुरको पुल्चोक क्याम्पस, सामुदायिकतर्फ रुपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पस, निजीतर्फ काठमाडौंको काठमाडौं मोडेल कलेजले प्रतिसंस्था दुई लाख ५० हजार रुपैयाँ राशिको पुरस्कार पाउँदै छन् ।

यसै वर्षदेखि स्थापना गरिएकोे समाजकल्याण शिक्षा पुरस्कार भक्तपुरको एसओएस बालग्राम, सुर्खेतको कोपिला भ्याली सेवा समाज र काठमाडौंको माला खरेल, बालसारथि एकेडेमीलाई प्रतिसंस्था तीन लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । सडक बालबालिका, एचआईभी एड्स संक्रमितका सन्तान, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान दिएका व्यक्ति र संस्थालाई यो पुरस्कार दिइन्छ ।

‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ मंगलबार दिवस मनाइँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकुकमार राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त ७९० लाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वाेत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ लाई ‘ग’ श्रेणीको पदक पाउनेको नामवाली पनि आजै सार्वजनिक गरिएको छ । उक्त पदक पछि वितरण हुनेछ ।

नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गएको जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । रासस

सूची हेर्नोस्–

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro