देश
काठमाडौं । देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घट्ने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन इलाम, ताप्लेजुङ, पाँचथर, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै हुने महाशाखाले अनुमान गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८० ०९:४०
प्रतिक्रिया दिनुहोस्