site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीजीको चाडपर्व योजना : घरेलु उपकरण खरिदमा विशेष छुट, उपहारदेखि दुबई भ्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्रान्ड सीजी ब्रान्डले दसैँ र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ ।

सीजीले 'घर सजाऔँ, खुसीले चाड मनाऔँ' शीर्षकको योजनाले स्मार्ट घरेलु उपकरणहरूको खरिदमा ग्राहकहरूलाई आकर्षक उपहारहरू दिने बताएको छ ।

सीजीका स्मार्ट घरेलु उपकरण खरिद गर्दा ग्राहकले आकर्षक साप्ताहिक पुरस्कारहरू जित्ने मौकाका साथै बम्पर पुरस्कारका रूपमा दुघजनाले दुबईको विशेष यात्रा जित्न सक्ने बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो पर्व सीजी ब्रान्डको कुकिङ सिरिज, किचेन सिरिज, समर सिरिज र विन्टर सिरिजको उत्पादनहरूमा लागु हुने छ । सीमित समयका लागि दिइएको योजना यही भदौ २५ गतेदेखि नेपालभर लागु गरिएको कम्पनीले जनाएको छ ।

यस योजनामा थप मेगा एक्सचेन्ज अफर, शुन्य प्रतिशत नो कस्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउइने लगायत अफर रहेका छन् ।

Global Ime bank

योजनामा उल्लेखित अफरहरू नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरहरूबाट सजिलै प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

यो योजना सबै सीजी स्मार्ट घरेलु उपकरणहरू जस्तै राइस कुकर, ग्रिल, एयर फ्राइर, टोस्टर, प्यान, ग्यास चुलो, वाटर फिल्टर, मिक्सर ग्राइन्डर, वाटर हिटर, वाटर डिस्पेन्सर, हिटर, फ्यान र अन्य घरेलु उपकरणहरूमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय