अर्थ व्यवसाय
काठमाडौं । नेपाल घुम्न आउनेको संख्या दोब्बरले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार भ्रमण आयमा दोब्बरले सुधार भएको हो ।
सेवा खाताअन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा भ्रमण आय ६२.६ प्रतिशतले वृद्धि भई चार अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।
यस्तै, समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५४ प्रतिशतले वृद्धि भई १७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ११ अर्ब २१ करोड रहेको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १८:१०
प्रतिक्रिया दिनुहोस्