site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बढी तौलका एलपी ग्यास बिक्रीवितरण भइरहेको छ, दुर्घटना निम्तिन सक्छ : योगेश भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अनाधिकृत रूपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्रीवितरण भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा भट्टराईले सम्बन्धित मन्त्रालय र आयल निगमसँग अनुमति नलिई केही कम्पनीहरूले बढी तौलका खाना पकाउने ग्यास बिक्रीवितरण गरिरहेको बताए ।  यसले जोखिम उत्पन्न हुने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढी तौलको ग्यास बिक्रीवितरणको विषयमा सरोकारवाला निकायसँग समितिले छलफल गर्नुपर्ने उनको भनाइ छ ।

"बढी तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिन्ह नभएको र १४ दशमलव २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको छ , यसले ठूलो दुर्घटना निम्ताउन सक्छ," उनले भने । 

उनले ग्यासका कारण हुने दुर्घटनाको क्षतिपूर्ति पनि प्रभावकारी हुन नसकेको जिकिर गरे ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro