site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीको आगमनपछि इन्टर मियामीको पहिलो हार

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसी अनुबन्ध भएयता इन्टर मियामीले आइतबार पहिलो हार व्यहोरेको छ ।

अमेरिकी मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले एट्लान्टा युनाइटेडसँग ५–२ को हार व्यहोरेको हो । यो पछिल्लो १३ खेलमा इन्टर मियामीले व्यहोरेको पहिलो हार हो । यो खेलमा मेसी भने टिममा थिएनन् ।

Dabur Nepal
NIC Asia

एट्लान्टास्थित मर्सिडिज–बेन्ज रंगशालामा एट्लान्टालाई जित दिलाउन ट्रिटान मुयुम्बा, ब्रुक्स लेनोन, जर्गोस जियाकोउमाकिस र टेलर वुल्फले समान एक गोल गरे । एट्लान्टाले एक गोल भने इन्टर मियामीका कमल मिलरबाट आत्मघाती उपहार पाएको थियो । इन्टर मियामीका लियोनार्दो क्याम्पानाले दुई गोल फर्काएका थिए ।

मेसीको आगमनयता पहिलो हार व्यहोरेको इन्टर एमएलएस इर्स्टन कन्फेरेन्सको १४औँ स्थानमा छ । मियामीले २७ खेलबाट २८ अंक जोडेको छ । तालिकाको छैटौँ स्थानमा रहेको एट्लान्टाले २९ खेलबाट ४५ अंक जोडेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro