site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छोराले जिस्काएको निहुँमा बाबुको हत्या
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । रौतहटमा हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । कटहरिया नगरपालिका–५ का २५ वर्षीय बद्री साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय ३२ वर्षीय सुनील यादवको हत्या गरेको आरोपमा शुक्रबार राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सोही ठाउँका ५० वर्षीय रामबाबु साहलाई सुनीलको छोराले जिस्काएको, धुलो माटो छर्किएको विषयमा विवाद भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसक्रममा रामबाबुका छोरा बद्रीले धारिलो हतियार प्रहार गर्दा सुनील गम्भीर घाइते भएका थिए । कटहरियास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

उक्त झैझगडामा संलग्न रामबाबुसहित अरू चारजनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  २०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय