site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजलमा ३ रुपैयाँ बढाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँसम्म पुगेको छ । डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको १.१२ र डिजेलको २.९१ रुपैयाँ प्रतिलिटर बढेर आएको जनाएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १८० र डिजेलको मूल्य १७० रुपैयाँ कायम भएको छ । 

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १८२ र डिजेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । 

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ र डिजेलको मूल्य १७३ रुपैयाँ कायम भएको छ । 

स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ ।

NOC-1694793745.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro