site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आजको आवश्यकताअनुसारको मौद्रिक नीति र अर्थनीति छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको आवश्यकताअनुसारको मौद्रिक नीति र अर्थनीति नभएको बताएका छन् ।

शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको २०औँ वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक रूपान्तरणका लागि ऐन, नियम परिमार्जन गर्नु पर्ने र सरकार त्यसैअनुसार काम गरिरहेको बताए ।

“आजको आवश्यकताअनुसारको मौद्रिक नीति र अर्थनीति छैन । सुधार गर्नुपर्नेछ । पटक–पटक छलफल गरेको छु,” उनले भने, “केही मात्रात्मक सुधार भयो, तर यो प्रयाप्त छैन । केही संरचनागत सुधार गर्नुपर्ने आवश्यकता छ ।”

निजी क्षेत्रको संरक्षण नगरी अर्थतन्त्र सबल नहुने प्रधानमन्त्री प्रचण्डले बताए । यसका लागि ऐन कानुनमा आवश्यकताअनुसार संशोधन गर्ने उनको भनाइ छ ।

सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण भएको भन्दै यसमा निजी क्षेत्रलाई सरकारले एक्लै नछोड्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro