site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभ्रेको पनौतीमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं । काभ्रेको पनौती नगरपालिकामा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरबाट पनौती नगरपालिका– १, २ र ३ वडाका ३०० जना लाभान्वित भएका छन् ।

कुशादेवी माविमा आयोजित शिविरमा जनरल मेडिकल, प्रसूति तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया तथा सर्जरी, हाडजोर्नी तथा नशारोग, नाक, कान, घाँटी, आँखा परीक्षण तथा उपचार, दन्त रोग, ईसीजी सेवा, भिडियो एक्सरे सेवा र ल्याब सेवा उपलब्ध गराइएको लायन्स क्लब अफ काभ्रे फुलचोकीका संस्थापक अध्यक्ष चन्द्र हुमागाईंले जानकारी दिए ।

लायन्स क्लब अफ काभ्रे फुलचोकी, पनौती नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल, काठमाडौंको प्राविधिक सहयोग र पनौती नगरपालिका वडा नम्वर २ को सहआयोजनामा पनौती वडा नम्वर १ र ३, लायन्स क्लब अफ पनौती, लायन्स क्लब अफ मल्पीको सहकार्यमा शिविर आयोना गरिएको हो ।

शिविरको उद्घाटन पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro