site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमालयन इन्टरनेसनल एक्स्पो असोज अन्तिम साता, स्टल बुकिङ खुला

काठमाडौं । दोस्रो हिमालयन इन्टरनेसनल एक्स्पो २०८० असोज अन्तिम साता आयोजना हुने भएको छ ।

हिमालयन इन्टरनेसनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको एक्स्पो असोज २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनीमार्फत विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ ।

नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाइ आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य एक्स्पोमा रहेको छ । 

हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुँइकटहर लगायतका प्राकृतिक रेसाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले बताए ।

यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री रहने छ । 

महबाट बनेका सौन्दर्य प्रशोधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादन लगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले बताए ।

इन्टरनेसनल एक्स्पोमा ५०० जनाभन्दा बढी विदेशी क्रेताहरूको आगमन हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा सहभागी अवलोकनकर्ताहरूलाई डिजिटल कारोबारमा अभ्यस्त बनाउन विशेष प्याकेज ल्याइएको छ । निःशुल्क रजिष्ट्रेसन गरी प्रदर्शनीस्थलमा प्रवेश गर्ने अवलोकनकर्तालाई एक सय रुपैयाँको अनलाइन सपिङ भौचर उपलब्ध गराइने भएको छ ।

सो भौचारमार्फत अवलोकनकर्ताले एक्स्पोस्थलमा रहेका स्टलहरूमा सामान तथा वस्तु खरिदका लागि प्रयोग गर्नसक्ने हिमालयन इन्टरनेसनल एक्स्पो आईएनसीका संयोजक अधिकारीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro