site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्राधिकरणको १२ तले नयाँ भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को नयाँ भवनको उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्रीले एक समारोहकाबीच सिनामंगलमा बनेको क्यानको नयाँ भवन उद्घाटन गरेका हुन् ।

प्राधिकरणले सिनामंगलमा रहेको करिब ३० रोपनी जग्गामध्ये चार रोपनी २ आना जग्गामा १८ हजार ७२१ वर्ग मिटर बिल्टअप एरिया भएको तीनतले बेसमेन्टसहित १२ तले भवन निर्माण गरेको छ ।

प्राधिकरणले आफ्नै स्रोतमा भवन निर्माण गरेको हो । भवन निर्माण गर्दा मूल्य अभिवृद्धि करबाहेक एक अर्ब ८० खर्च भएको प्राधिकरणले जनाएको छ ।

भवनमा कर्मचारी तथा सेवाग्राहीहरूलाई सहजरूपमा सेवा प्रवाह गर्ने तथा सेवा लिने अन्तर्राष्ट्रियस्तरको वातावरण उपलब्ध गराइएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

प्राधिकरण अन्तर्राष्ट्रिय प्रकृतिको संस्था भएकाले स्वदेशी तथा विदेशी सेवाग्राही, अन्य देशका नियामक तथा हवाई सेवा प्रदाएक संघ संस्थाहरूलाई दिनुपर्ने सेवालाई समेत मध्यनजर गरेर बनाइएको भवनले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

भवनको दुईवटा बेसमेन्टमा ६५ वटा कार, १२० वटा मोटरसाइकल तथा २५ वटा साइकल पार्किङ क्षमता छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro