site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
श्रीलंकाविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा श्रीलंकाविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ । 

वर्षाका कारण निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु हुन लागेको खेलको टस जितेपछि पाकिस्तानका कप्तान बाबर आजमले ब्याटिङको निर्णय गर्दै श्रीलंकालाई फिल्डिङको निम्तो दिए । वर्षाका कारण ढिलो गरी सुरु भएको खेलको निर्धारित ओभर ४५ ओभरमा घटाइएको छ ।

प्रतियोगिताको फाइनलमा प्रवेशका लागि पाकिस्तानालाई आज जित्नैपर्ने दबाब छ । यसअघि पहिलो खेलमा बंगलादेशलाई सात विकेटले हराएको पाकिस्तानले भारतसँग भने २२८ रनको हार बेहोरेको थियो ।

यता, श्रीलंका भने खेल रद्द भए पनि नेट रनरेटका आधारमा प्रतियोगिताको फाइनल पुग्ने छ । सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई २१ रनले हराएको श्रीलंका दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो ।

प्रतियोगितामा भारतले भने फाइनलमा स्थान बनाइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro