बाह्रखरी फोटो
काठमाडौं । बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औँसी पर्व आज मनाइँदै छ । यस दिन छोराछोरीले आफ्नो बुवालाई मिष्ठान्न परिकार, भोजन खुवाई तथा उपहार दिएर सम्मान व्यक्त गर्ने गर्छन् ।
पिता गुमाएकाहरूले श्राद्ध, पितृका नाममा तर्पण र पिण्डदान गर्ने गर्छन् । यस दिन अधिकांश मन्दिर परिसरमा सिदादान गर्ने भीड लाग्ने गर्छ ।
काठमाडौंका पशुपतिनाथ र मच्छिन्द्रनाथ मन्दिर परिसरमा पनि श्राद्ध, पितृका नाममा तर्पण र सिदादान गर्नेको भीड लाग्यो । पशुपतिनाथ र मच्छिन्द्रनाथ मन्दिर परिसरका केही दृश्य हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० १०:१५
प्रतिक्रिया दिनुहोस्