site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखियो

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा राखिएको छ । 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई दिनसम्म राखिएको उनको पार्थिव शरीरलाई बुधबार दिउँसो बालुवाटारस्थित निवासमा राखिएको हो ।

निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । 

मंगलबार बिहान हृदयघातका कारण निधन भएका नेता नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro