site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ब्राजिलको कठिन जितमा मार्किन्होसको निर्णायक गोल
Sarbottam CementSarbottam Cement

काठमाडौं । मार्किन्होसले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि ब्राजिलले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा लगातार दोस्रो जित निकालेको छ ।

बुधबार स्टाडियो नासियोनल डेल पेरुमा सम्पन्न खेलमा ब्राजिलले घरेलु टिमविरुद्ध १–० को कठिन जित निकालेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पेरुले घरेलु समर्थकमाझ ब्राजिललाई अन्ति समयसम्म रोके पनि मार्किन्होसले ९०औंँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई तीन अंक दिलाएका हुन् । नेइमारले गरेको कर्नरमा मार्किन्होसले हेडर गर्दै ब्राजिललाई अग्रतामा राखेका थिए ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको ब्राजिल विश्वकपको दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा उक्लिएको छ । ब्राजिलले यसअघि छनोटको पहिलो खेलमा बोलिभियाविरुद्ध ५–१ को सहज जित निकालेको थियो ।

Global Ime bank

ब्राजिलले छनोटको तेस्रो र चौथो खेलमा आगामी महिना भेनेजुयला र उरुग्वेविरुद्ध खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement