site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अटो व्यवसायलाई विलासी बस्तुको रूपमा परिभाषित गर्नु हुँदैन : ध्रुव थापा

काठमाडौं । नाडा अटो मोबाइल एसोसियसनका अध्यक्ष ध्रुव थापाले अटो व्यवसायलाई विलासी बस्तुको रूपमा हेर्न नहुने बताएका छन् ।

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको 'नाडा अटो सो २०२३' को उद्घाटन समारोहमा बोल्दै थापाले यस्तो बताएका हुन् ।

अटो मोबाइल व्यवसायले राज्यलाई राजस्वमा ठूलो सहयोग गर्ने भन्दै यसलाई सुनचाँदी व्यवसाय जस्तो विलासिताको स्थानमा राख्न नहुने उनको भनाइ छ ।

"सेयर मार्केट, अटो व्यवसाय र घरजग्गा कारोबारले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छ । यसलाई कडाइँ गरेर पनि अहिले अर्थतन्त्रमा समस्या देखिएको हो," उनले भने, "मन्दीले अटो व्यवसायमा समस्या पारेको छ । अटो व्यवसायलाई विलासितामा राख्नु हुँदैन ।"

विद्युतीय गाडी उत्पादन तथा आयात गर्न छुट्टै नीति आवश्यक रहेको पनि उनले बताए । हायर प्रचेज कर्जा जोखिम भार ७५ प्रतिशत नै कायम गर्न आग्रह गरे ।

कर्जा निष्क्रियसम्बन्धी हालै भएको व्यवस्था संशोधन हुन आवश्यक रहेको थापाको भनाइ छ ।

प्रदर्शन केन्द्र नहुँदा ठूला गाडी प्रर्दशनीमा समस्या परेको बताए । "भृकुटीमण्डपमा ठाउँ सानो भयो । हामीले ठूला गाडी प्रदर्शन गर्न सकेनौं । यसमा सरकारको ध्यान जाओस्," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro