site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेम्वाङले सोमबार साँझ चिकित्सकलाई भनेका थिए– मलाई ठिक छ, तिमी आउनु पर्दैन

काठमाडौं । संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको मुटुमा यसअघि कुनै समस्या नदेखिएको बताइएको छ । उनले लामो समयदेखि मधुमेह र उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । हृदयाघातअघि नेम्वाङको मुटुमा भने कुनै समस्या नरहेको उनका निजी चिकित्सक डा. पुष्प रिजालले बताए ।

डा. रिजालले विगत पाँच वर्षदेखि नेम्वाङको नियमित स्वास्थ्य परीक्षण गर्दै आएका थिए । “मैले हेर्नुभन्दा पहिलेदेखि नै उहाँ सुगर र प्रेसरको औषधि खानुहुन्थ्यो । कहिलेकाहीँ मुटुको चाल तलमाथि हुन्थ्यो, तर अरू जटिल समस्या उहाँलाई कहिल्यै देखिएको थिएन,” डा. रिजालले बाह्रखरीसित भने ।

सोमबार के भएको थियो ?
संसद् सचिवालयमा कार्यरत प्रदीप घिमिरेले सभामुखसहित सांसदको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । सोमबार बेलुका करिब ५ बजे नेम्वाङको नियमित स्वास्थ्य परीक्षणका लागि घिमिरे उनकै निवास बालुवाटार पुगेका थिए ।

Dabur Nepal
NIC Asia

परीक्षणका क्रममा उनको ज्वरो १०० डिग्री फरेनहाइड, प्रेसर १३०/८० र अक्सिजनको लेभल ९५ देखिएको थियो । स्वास्थ्य अवस्था सामान्य देखिएपछि घिमिरे नेम्वाङनिवासबाट फर्किए । यसबारे डा. रिजाललई पनि खबर गरिएको थियो ।

“मैले साँझ ६ बजे उहाँ (नेम्वाङ)लाई फोन गरेर सोधेको थिएँ– कस्तो छ बुबा हजुरलाई, म आउनुपर्छ कि ? उहाँले ‘सबै इन्डिकेटर नर्मल छ, म ठिक छु, तिमी आउनु पर्दैन’ भन्नुभयो,” डा. रिजालले भने ।

उनका अनुसार नेम्वाङ खानपानमा विशेष ध्यान दिने गर्थे । साधारण खाना मात्र खान्थे । नेम्वाङले घरबाहिर नखाने र मादकपदार्थ सेवन नगर्ने गरेको डा. रिजालले बताए ।

नेम्वाङ मंगलबार बिहान करिब १ः३० बजेतिर घरमै बाथरुममा अचेत अवस्थामा भेटिएका थिए । उनलाई बिहान १ः५० बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको थियो ।

“अस्पताल ल्याउँदा उहाँको ‘साइन्स अफ लाइफ’ केही थिएन । हामीले सबै इन्डिकेटरबाट पुष्टि गर्न खोज्यौँ, अस्पताल ल्याइपुर्‍याउनुअघि नै बितिसक्नुभएको रहेछ,” शिक्षण अस्पतालमा नेम्वाङलाई हेरेका मुटुरोग विशेषज्ञ डा. रमेशकुमार महर्जनले भने ।

हृदयाघातअघि नेम्वाङमा मुटुको समस्या पुष्टि हुने कुनै ‘हिस्ट्री’ नदेखिएको पनि डा. महर्जनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro