site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेम्वाङको निधनपछि पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर महासचिव पोखरेल स्वदेश फर्किँदै
फाइल तस्बिर

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने भएका छन् । 

पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित  निधन भएपछि उनी आफ्ना सबै कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्कन लागेको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । 

Argakhachi Cement Island Ad

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेलसहित पार्टीको उच्चस्तरीय टोली यही भदौ १७ गते चीनमा भ्रमणमा गएको थियो । उनका अनुसार महासचिव पोखरेलले आजै छिङ्हाइको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनेछन् । 

स्वदेश फर्कन टिकट पाए भ्रमण दलका सबै सदस्य आजै फर्किने विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्