site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रमुख प्रशासकीय अधिकृत बनेर गएका रिमाललाई गाउँपालिकाले फिर्ता पठाइदियो

पोखरा । शाखा अधिकृत बनिसकेपछि राजीव रिमाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्याङजाको कालीगण्डकी गाउँपालिकामा खटायो ।

गत भदौ ४ गते मन्त्रालयले उनलाई पत्र दिएको थियो । पत्र प्राप्त गरिसकेको २१ दिनभित्र कर्मचारीहरू खटाएको ठाउँमा पुग्नुपर्ने हुन्छ ।

मन्त्रालयको उक्त निर्णयको पत्रसहित उनी सोमबार कार्यालयमा पुगे । आफूलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा मन्त्रालयले खटाएको पत्र पनि देखाए ।

तर, अधिकृत बनेर पहिलोपटक सेवा दिनको लागि स्थानीय सरकारसमक्ष पुगेका उनलाई हाजिरसम्म गर्न दिइएन ।

गाउँपालिकाले उल्टै प्रमुख प्रशासकीय अधिकृत खाली नभएको भन्ने व्यहोराको पत्रसहित रिमाललाई फिर्ता पठाइदिएको छ ।

गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जवाफ पत्र लेख्दै, आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रूपमा कर्मचारी संकेत नं. २४६९४७ का राजीव रिमाललाई कामकाज गर्न खटाइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ,” गाउँपालिका अध्यक्ष खीमबहादुर थापाले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

प्रशासकीय अधिकृत खटाउँदा पालिकालाई जानकारी नै नगराइएको विषयमा अध्यक्ष थापाले असन्तुष्टि पोखेका छन् ।

“प्रशासकीय अधिकृतको पद रिक्त नभएको अवस्थामा पालिकालाई जानकारी नगराई तीन तहको सरकारमध्ये सबैभन्दा जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकारसँग सरसल्लाह नै नगरी कामकाजमा खटाइएको विषयमा हाम्रो गम्भीर आपत्ति रहेकोले मन्त्रालयबाट खटाइनुभएका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाललाई कार्यालयमा राखी कामकाज खटाउन असमर्थ भएकोले उहाँलाई हाजिर नगराई फिर्ता पठाइएको व्योहोरा जानकारी गराइन्छ,” थापाले भने ।

आफूहरूसँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत चलाएपछि मन्त्रालयसँग आफूले लडाइँ लडिरहेको थापा बताउँछन् ।

कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गरिरहेको देवेन्द्र पाण्डेयको पनि सरुवा भइसकेको छ । उनको ठाउँ रिक्त देखेर नै मन्त्रालयले रिमाललाई कालीगण्डकीमा खटाएको थियो ।

तर, भदौ ४ गतेको मितिमा काटिएको पत्रका आधारमा गाउँपालिका अध्यक्ष थापाले उक्त मितिमा आफ्नो पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त नभएको हुँदा हाजिर नगराइएको बताए ।

गाउँपालिकाले हाजिर गर्न नदिएपछि त्यहाँ खटाइएका रिमाल सोमबार साँझै काठमाण्डौ फर्किएका छन् । अधिकृत बनेर खटिएको पहिलो दिनमा नै हाजिर गर्न नपाउँदा नमज्जा लागेको उनले बताए ।

“आज गएको थिएँ । कुराकानी भयो । अध्यक्षज्यूले मन्त्रालयसँग मेरो लडाइँ हो भन्नुभयो । आफूहरूलाई नसोधेको भन्ने कुरा गर्नुभयो,” उनले भने, “अधिकृत बनेपछिको पहिलो पोस्टिङ थियो, एकदमै नमज्जा लाग्यो । अब मन्त्रालयले खटाइएको ठाउँमा गएकै हो, अब मन्त्रालयले नै अर्को व्यवस्था गर्ला नि त ।”

letter-1694446745.jpg

letter-gaupalika-1694446745.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro