site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सामसङका ग्लोबल प्रेसिडेन्ट पार्कले गरे राष्ट्रपतिसँग भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले शिष्टाचार भेट गरेका छन् ।

अन्तर्राष्ट्रिय ख्याति कमाएको कोरियाली कम्पनी सामसङका ग्लोबल प्रेसिडेन्ट पार्कले सोमबार भएको भेटमा नेपालमा सामसङका प्रडक्ट उत्पादन गर्ने उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई पनि साथै लगेका थिए ।

Dabur Nepal
NIC Asia

भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेको राष्ट्रिपतिको सचिवालयले जनाएको छ । भेटमा पार्कले सामसङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराएका थिए ।

पार्कले नेपालमा सञ्चालन गर्न सकिने फ्याक्ट्री, सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली विद्याथीलाई उच्चस्तरको सूचना प्रविधिसम्बन्धी तालिम तथा भविष्यमा सामसुङ कम्पनी र नेपालबीच हुनसक्ने सहयोग योजना तथा सूचना प्रविधि र औद्योगिक उत्पादनसम्बन्धी योजनाबारे जानकारी गराएको सचिवालयले जनाएको छ ।

भेटमा पार्कका साथमा सामसङका उपाध्यक्षद्वय हयुङ वु लि र सुङ जुन पार्क, प्रबन्ध निर्देशक ह्यून लि र नेपालका लागि कोरियन राजदूत ताइयङ पार्कसमेत सहभागी थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro