site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको आयुबारे चिन्ता छैन, बेथितिविरुद्धको अभियान रोकिँदैन : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको आयुको प्रवाह नगरी बेथितिविरुद्ध अभियान जारी राख्ने बताएका छन् । समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान देखेर कुशासनका पक्षधर आतंकित भएको दाबी गरे ।

“भ्रष्टाचार र बेथितिमाथि प्रहार नगरी समाजवादको स्थापना हुन सक्दैन । नक्कली शरणार्थी र ललिता निवासका विषय त्यस्तै हुन । सुन काण्ड पनि त्यस्तै हो । एकदेखि अर्को बेथितिमाथि सरकारले प्रहार गरिरहेको छ । कुशासनका पक्षधर आतंकित भएका छन् । यो सरकार जति दिन टिकोस्, तर यस्ता अभियान रोकिँदैन,” प्रचण्डले भने ।

उनले विकृतिको फोहोर एकैपटक सफा गर्न नसकिने तर सरकारले क्रमशः निर्मम भएर प्रहार गर्दै जाने दृढता व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले आफूले विकाससम्बन्धी कार्यको अनुगमन एकै दृष्टिकोणबाट सिंहदरबारभित्रैबाट थालेको र राष्ट्रिय गौरवको योजना अनुगमन गर्ने तथा प्रगति बुझ्ने काम गरिरहेको पनि सुनाए ।

“हेलो सरकार जनताको गुनासो आलोचना र टिप्पणी सुन्ने अर्को माध्यम हो । २४ घण्टा नै सुन्ने वातावरण मिलाइएको छ । समस्या तत्काल समाधान गर्न पहल लिएको छु,” उनले भने । 

उनले सरकारले गरेका कामको फेहरिस्त सुनाउँदै युवालाई विस्तारै देशभित्र फर्कने वातावरण बनाउन सरकार दृढ रहेको बताए ।

“विदेशमा जाने श्रमिकका लागि मात्र होइन, देशभित्रै काम गर्ने श्रमिकहरूका लागि पनि हामीले दीर्घकालीन काम गर्ने तयारी गरेका छौँ,” उनले भने, “तराई मधेसमा विकरालरूपमा रहेको मिटर ब्याज समस्या समाधान गर्न सरकारले तत्काल पहल गरेको छ । विधेयक सर्वसम्मत ढंगले संसद्‌बाट पारित भयो । यो पनि सामाजिक न्यायको क्षेत्रमा गरिएको राम्रो पहल हो । तराई मधेसका जनसमुदाय कार्यकर्ता नेतालाई थाहा छ, यो समस्याले कति वर्ष पीडित भइयो । मधेसमा धेरै थियो ।”

प्रधानमन्त्री प्रचण्डले नागरिकताको समस्या समाधान गर्न दृढताको साथ काम गरेको र समस्या समाधान भएको बताए । 

अर्को प्रसंगमा उनले समाजवादी मोर्चाको गठन तत्कालका लागि सामान्य देखिए पनि एकता र रणनीतिक हिसाबले दीर्घकालका लागि महत्त्वपूर्ण भएको बताए ।

कोसी प्रदेशको नामाकरणको विषयलाई लिएर जातीय दंगा भड्काउने प्रयास भएको र यसबारे आफू सचेत भएको बताउँदै उनले प्रतिक्रियावादी, धार्मिक अतिवादी र गणतन्त्रविरुद्ध लाग्नेहरूले प्रदेश नामकरणको विषयलाई मुठभेडमा बदल्न खोजेको आरोप लगाए ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro