site stats
बाह्रखरी :: Baahrakhari
खेल
एएफसी फुटसल एसिया कप छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

काठमाडौं । एएफसी फुटसल एसिया कप–२०२४ छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमको घोषणा भएको छ ।

टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले आइतबार मंगोलियामा हुने छनोटका लागि १४ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । छनोटको नेपाल समूह ‘डी’ मा छ । 

Argakhachi Cement Island Ad

यो समूहमा नेपालसँगै भियतनाम, दक्षिण कोरिया र घरेलु टिम मंगोलिया छन् । नेपालले अक्टोबर ७ मा दक्षिण कोरियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।

नेपाली टिम

गोलकिपर : आशिष डंगोल, सागर गुरुङ

फिक्सो : विजय श्रेष्ठ, सरोज तामाङ, सञ्जी स्याङ्तान

आला : आदिल हमिद, अमित तामाङ, अरुज सिंह, सुमित श्रेष्ठ, उज्वल शाही, रजत तिवारी, दीपेश घले

पिभोट : सुजित बुढाथोकी

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्