site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डीएसपी र परिवारलाई ज्यान मार्ने कांग्रेस सांसदको धम्की 

विराटनगर । कोसी प्रदेश सभामा नेपाली कांगे्रेसका सांसद खगेनसिंह हाङगाम प्रहरीविरुद्ध दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । 

हाङगाम ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।  सांसद हाङगामले केही दिनअघि जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बू र उनको परिवारका सदस्यलाई लक्ष्य गरी ज्यान मार्ने धम्की दिएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल बनेको छ । 

डीएसपी र उनका परिवारलाई लक्षित गरी ‘ज्यान मार्ने धम्की दिँदै गरेको’ भिडियोमा देख्न सकिन्छ ।  भदौ २१ मा ताप्लेजुङ सदरमुकाम फुङलिङमा लाखे मेलाको अन्तिम दिन थियो ।  त्यहाँ सादा पोशाकमा प्रहरी खटिएका थिए । प्रहरीले स्थानीयलाई जिस्क्याएको सांसद हाङगाम र उनी पक्षधर युवाको आरोप छ । 

त्यसलगत्तै प्रहरीले सांसदको घर रातभर घेराउ गरेर धम्की र मानसिक तनाव दिएको हाङगामको दाबी छ ।  “प्रहरीले बखेडा झिकेको हो त्यही भएर मैले पनि जवाफ दिएको हुँ,” हाङगामले भने, “मेलाको रिस साँध्न प्रहरीले एकसय जनाभन्दा धेरै स्थानीयलाई निर्मम ढंगले कुटपिट गरेको छ ।”

एकजना प्रहरी जवानले युवतीलाई दुर्व्यवहार गरेको घटना देखेपछि काठमाडौंबाट पाहुनाको रुपमा ताप्लेजुङ आएका व्यक्तिले ‘यो गलत भयो’ भन्दा निर्मम कुटपिट गरेको हाङगामले दाबी गरेका छन् । “कुटपिट भएको घटनाबारे आफूलाई फोन आएपछि त्यहाँ गएको र त्यस क्रममा प्रहरीसँग उपस्थित युवाबीच ठेलमठेल चलेको हो,” उनले भने,“म घर फर्किएपछि प्रहरी आएर फेरि मेरो घरमा ढुंगा र बोतल हान्ने काम गरियो ।” 

प्रहरीले भने ताप्लेजुङमा सुरक्षा व्यवस्था बिग्रन नदिन प्रहरीले आफ्नो कर्तव्य पालना गरेको जनाएको छ ।  त्यही क्रममा सांसद हाङगाम र उनी समर्थक युवाले सुरक्षा व्यवस्था खलल गर्न खोजेको बताइएको छ । ताप्लेजुङमा प्रदेश सांसद र प्रहरीबीचको विवाद समाधान गर्न प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro