राजनीति

काठमाडौं । वाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।
वाग्मती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले आज बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
उनले लामो समयपछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागि सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।
गत असार २२ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको छैन ।
भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० ०७:३१
प्रतिक्रिया दिनुहोस्