site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सकेसम्म कोसीमा मध्यावधि निर्वाचन गर्नु हुँदैन : अध्यक्ष नेपाल 
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोसी प्रदेशमा मध्यावधि निर्वाचन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनता र राष्ट्रलाई पर्ने आर्थिक बोझका कारण पुनः निर्वाचन गर्न नहुने बताए । उनले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए । 

उनले कोसी प्रदेश सरकार मध्यावधिमा नजान दलहरू मिल्नु पर्ने अन्यथा चुनावमा जानुपर्ने विकल्पमात्रै बाँकी रहने बताए । 

“अहिले हामीसँग चार सिट छ, सिट संख्या बढेर दोब्बर, तेब्बर ल्याउन सक्छौँ भन्ने विश्वास छ । कोही पार्टीको २९ वटा सिट छ, चुनाव भएपछि त्यो आउँदैन भन्ने डर पनि छ,” उनले भने, “अरुलाई डर होला, हामी त त्यो बेलामा जति सिट लिनुपर्ने थियो, लिन सकिएन । हाम्रो पार्टी सकभर त्यता नगइ कुनै न कुनै उपाय निकालियोस् भन्ने पक्षमा छाैँ ।” 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro