site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक विषय हो : मन्त्री शर्मा 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको बताएको छ । 

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीज्यूले अमेरिका भ्रमण गर्ने र त्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको बताइन् । 

Dabur Nepal
NIC Asia

उनले अमेरिकाबाटै चीन जाने कुरा नितान्त भ्रमणको विषय भएकाले अन्यथा नबुझ्न आग्रह गरिन् । उनले भ्रमण कुन उद्देश्यमा पुग्ने भन्नेमात्रै रहेको भन्दै रुटको कुरा प्राविधिक विषय भएको बताइन् ।

उनले भनिन्, "प्रधानमन्त्रीज्यूले अमेरिका भ्रमण गर्ने र त्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको छ । तयारीका सम्बन्धमा हाम्रो आफ्नै सिस्टम छ, त्यो सिस्टमअनुसार परराष्ट्रले अन्य मन्त्रालयहरूसँग सम्बन्धित निकायसँग कोर्डिनेसन गरेर एजेण्डाका विषयमा तयारी भइरहेका छन् ।"

प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिकाबाटै चीन भ्रमण जाने विषयवस्तुलाई लिएर धेरै चर्चा, परिचर्चाको आवश्यक नरहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro