site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद् बैठकले गर्‍यो तीन सचिवको सरुवा 
फाइल तस्बिर ।

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको छ । 

सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

Argakhachi Cement Island Ad

नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । 

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरिएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्