site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फ्रान्सको जितमा चुवामेनी र थुरमको गोल

काठमाडौं । फ्रान्ससँग २–० ले पराजित भएपछि आयरल्यान्डको युरो–२०२४ मा छनोट हुने सम्भावना अझ कमजोर बनेको छ ।

घरेलु मैदान पार्क डे प्रिन्समा रियाल मड्रिडका मिडफिल्डर चुवामेनीले १९औँ मिनेटमा उत्कृष्ट गोल गर्दै फ्रान्सलाई अग्रतामा राखेका थिए । दोस्रो हाफको सुरुआतमै बेन्चबाट आएका मार्कुस थुरमले गोल गरेपछि फ्रान्सले तीन अंक निश्चित गरेको हो ।

युरो–२०२४ क्वालिफायरमा पाँच खेलमा शतप्रतिशत जित निकालेको फ्रान्स १५ अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा छ । चार खेलबाट तीन अंक जोडेको आयरल्यान्ड तालिकाको चौथो स्थानमा छ ।

क्वालिफायरमा शुक्रबार नै भएका अन्य खेलहरूमा समूह ‘ई’मा पोल्यान्डले फारोइ आइसल्यान्ड्सविरुद्ध २–० को जित निकाल्यो । समूह ‘बी’कै अर्को खेलमा नेदरल्यान्ड्सले ग्रीसमाथि ३–० को सहज जित हासिल गर्‍यो । समूह ‘एच’को डेनमार्कले सान मारिनाविरुद्ध ४–० र स्लोभानियाले नर्दन आयरल्यान्डविरुद्ध ४–२ को जित हासिल गरे ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro