site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
‘एक भगवत् गीता’को निमार्ण पक्षले भन्यो– सधैँका लागि अमेरिका पलायन हुन तयार छौँ
SkywellSkywell

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली कथानक चलचित्र ‘एक भगवत् गीता’लाई सेन्सरका लागि सिफारिस दिन अस्वीकार गरेपछि निर्माण पक्षले असन्तुष्टि जनाएको छ । आज पत्रकार सम्मेलन गरेर निर्माण पक्षले सेन्सरका लागि सिफारिस नगरे आफूहरू नेपालबाटै पलायन हुन तयार रहेको बताएको हो । 

चलचित्रका निर्माता सुनील कुमार थापाले बोर्ड नै नेपाली चलचित्रको पक्षमा नरहेको गुनासो गरे । "विकास बोर्डले सेन्सरका लागि सिफारिस नगर्ने हो भने पनि ठिक छ । मैले चलचित्र क्षेत्रमा काम गरेको २७ वर्ष भयो । हामी नेपाली सिनेमा क्षेत्रबाटै बिदा भएर अमेरिका बस्न तयार छौँ । यही क्षेत्रमा केही गरौँ भनेर हामीले काम गरिरहेको हो । विकास बोर्ड चलचित्रकर्मीको पक्षमा उभिनुपर्छ," थापाले भने ।

KFC Island Ad
NIC Asia

केही धार्मिक संस्थाहरूले ‘एक भगवत् गीता’को नाममा प्रश्न उठाउँदै आएका छन् । हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले नाम र यसभित्र रहेका विषयमा आपत्ति जनाउँदै बोर्डमा निवेदन दिएका थिए । उनीहरूले चलचित्रको नाम परिवर्तन गर्न माग गरेका छन् ।

तर, निर्माण पक्षले नाम फेर्न नमिल्ने बताएको छ । "नाम हटाउने हो भने केही पनि रहँदैन । नाम हटाउँन सकिँदैन," थापाले भने ।

उता बोर्डले भने अन्तिम निर्णय भइनसकेको बताएको छ । चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका प्रवक्ता केएल पीडितले भोलि बोर्डको बैठक बसेर आवश्यक निर्णय लिने जानकारी दिए ।

"हामीले सिफारिस नदिएको होइन । भोलि बोर्डको बैठक बसेर के गर्ने भनेर निर्णय गर्छौं । अहिलेलाई रोकेको मात्र हो । सिफारिस नै नगर्ने भनेर निर्णय भइसकेको छैन । हामी चलचित्रकर्मीकै पक्षमा छौँ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro