site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्को देश गएर चीन भ्रमणमा जाँदा प्रभाव कम हुनसक्छ : रघुजी पन्त

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को प्राथमिकतामा न्युयोर्क भ्रमण कि चीनको भ्रमण भन्दै प्रश्न गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा उनले न्युयोर्क भएर चीन जाँदा भ्रमणको प्रभाव कम हुनसक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

“प्रधानमन्त्रीको भ्रमणको प्राथमिकता के हो ? न्युयोर्कको संयुक्त संघ प्राथमिकता हो कि ? चीन भ्रमण प्राथमिकता हो ?,” उनी भन्छन्, “मेरो विचारमा चीन भ्रमण प्राथमिकता हो । अर्को देश गएर त्यहाँबाट जाँदा त्यसको प्रभाव कम हुन सक्छ ।”

पन्तले यो भ्रमण औपचारिक, सद्भावना वा राजकीय भ्रमण हो भन्ने जानकारी बैठकलाई गराउन माग गरे । प्रधानमन्त्री न्युयोर्क हुँदै चीन जाँदै छन् ।

उनले प्रधानमन्त्रीको भ्रमण सामान्य नबनाउन आग्रह गरे । २०१६ मा केपी ओलीको भ्रमण र त्यसबेलाको सहमति कोसेढुंगा सावित भएको बताए ।

अहिलेको प्रधानमन्त्रीको भ्रमण पनि कोसेढुंगा बनाउन कामना गरे । ओलीको भ्रमणका बेला भएका सम्झौतालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने दायित्व अहिलेको सरकारको रहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro