site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सुरक्षा चुनौती बन्दै साना हतियार, तीन वर्षमा कति भए बरामद ?
SkywellSkywell

काठमाडौं । भक्तपुर मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले १४ भदौमा दुई थान कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित एकजनालाई पक्राउ गर्‍यो ।

सडकमा शंकास्पद गतिविधि गरिरहेका उदयपुर बलैया नगरपालिका–५ घर भई लोकन्थली बस्दै आएका ४० वर्षीय जंगे माझीलाई प्रहरीले खानतलासी गर्दा उनको साथबाट पेस्तोल र गोली फेला परेको थियो ।

उनीसँगै बा४३प ९००० नम्बरको स्कुटरसहित लोकन्थली पुगेका अर्का ३० वर्षीय युवा अश्विन दाहाल भने भाग्न सफल भए । प्रहरीले दाहालको खोजी कार्य अझैँ जारी रहेको जनाएको छ ।

Dabur Nepal
NIC Asia

त्यसको चारदिन अघिमात्रै काठमाडौं प्रहरीको विशेष टोलीले ८ भदौमा बूढानीलकण्ठबाट सुलभ भन्ने सुरज श्रेष्ठलाई पनि पेस्तोलसहित पक्राउ गरेको थियो ।

२८ वर्षीय श्रेष्ठको साथबाट प्रहरीले चार राउन्ड गोलीसहितको अमेरिकन पेस्तोल बरामद गरेको हो । लागुऔषध तथा गुण्डागर्दीमा संलग्न चावहिल घर भएका श्रेष्ठ यसअघि २०६७ मा पनि पक्राउ परेका थिए ।

रामेछाप घर भई बौद्ध बस्ने सानुभाइ लामामाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेर पाँच वर्ष जेल सजाय भुक्तान गरेर छुटेलगत्तै उनी फेरि पेस्तोलसहित पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यकामा मात्रै होइन, बाहिर पनि पछिल्लो समय पेस्तोल बोकेर अवैध धन्दामा हिँड्ने व्याक्ति भटाभटी पक्राउ पर्न थालेका छन् ।

११ भदौमा सुनसरी बर्जु गाउँपालिका–६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरको साथबाट समेत प्रहरीले कटुवा पेस्तोल र एक राउन्ड गोली बरामद गरेको थियो ।

त्यस्तै, सिरहा प्रहरीले २२ जेठमा सिरहाको औरही गाउँपालिका–१ गंगान पुलबाट १८ वर्षीय किशोरलाई पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गर्‍यो । प्रहरीले पेस्तोलसहित पछिल्लो समय नियमित जस्तै विभिन्न व्यक्तिलाई पक्राउ गरिरहेको छ ।

२२ जेठमा बाँके प्रहरीले नेपालगञ्ज–१२ स्थित किङक्रस क्लबबाट अटोमेटिक पेस्तोल र एक राउन्ड गोलीसहित बर्दिया बाँसगढी नगरपालिका–८ बस्ने २८ वर्षीय सुमन रिजाललाई पक्राउ गर्यो ।  २७ चैतमा मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–३ बसामाडी सरस्वरी पेट्रोल पम्प नजिकबाट म्याग्जिनसहितको अटोमेटिक पेस्तोलसहित पदमपोखरी भोर्लेका ४४ वर्षीय सुमन भन्ने सुरेश घलानलाई पक्राउ गरेको थियो ।

०००

यी केही प्रतिनिधि घटना मात्रै हुन् । प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांकले देशभर साना हतियारको बिगबिगी रहेको देखाउँछ । जुन् सुरक्षाको दृष्टिकोणले निक्कै सम्वेदनशील मानिन्छ ।

पूर्वडीआईजी हेमन्त मल्ल साना हतियारको जोखिम संसारभर हुने गरे पनि नेपालमा भित्रिने हतियारबारे भने केही व्यापारिक हिसाबले पनि भित्रिने गरेको दाबी गर्छन् । “आपराधिक समूहबाहेक नेपाल भित्रिने हतियार व्यापारिक रुपले भित्रिएको हुन्छ ।  हतियारको राजधानी नेपाल जस्तै बनेको छ,” उनी भन्छन् ।

साना हतियार भण्डार हुनु सुरक्षाको हिसाबले निकै जोखिमपूर्ण मानिन्छ । प्रहरी प्रधान कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले देशभरको सुरक्षा अवस्था झस्काउने गरी साना हतियार बरामद भएको देखाएको छ ।

तीन वर्षमा कुल २१४ साना हतियार पेस्तोल बरामद भएको छ । त्यसमध्ये २६ वटा आधुनिक अमेरिकन पेस्तोल बरामद भएका छन् ।

पेस्तोलसँगै प्रहरीले त्यसमा लाग्ने ४८५ गोलीसमेत बरामद गरेको छ । प्रहरीबाहेक सशस्त्र प्रहरी बलले समेत बेलाबेलामा पेस्तोलसहित मानिस नियन्त्रणमा लिने गरेको छ, जुन् तथ्यांक अझ बढ्नेछ ।

कहाँबाट भित्रिन्छन् पेस्तोल ?

नेपालमा भित्रिने अवैध साना–ठूला सबैखाले हतियारहरु सीमा नाकाबाट भित्रिने गरेको अनुसन्धानबाट देखिएको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले देशका विभिन्न सीमा नाकाहरुबाट त्यसरी अवैध हतियार आउने गरेको बताए ।

उनी भन्छन्, “अधिकांश बरामद भएका पेस्तोलहरु कटुवा पेस्तोल हुन्छन् । ती छिमेकी मुलुकबाट सीमा नाकाहुँदै सहजै नेपाल पुग्छन् ।”

अवैध हतियार र गतिविधि नियन्त्रणको लागि पछिल्लो समय प्रहरीले सीमा नाका तथा शंकास्पद व्याक्तिलाई सडकमै पनि खानतलासी गर्ने गरेको उनको भनाइ छ ।

साना हतियार देखाएर आपराधिक गतिविधि गर्न सहज हुने र लुकाएर हिँड्न पनि सजिलो हुने हुँदा अवैध गतिविधि बढ्ने अनुमान प्रहरीको छ । जसको नियन्त्रण प्रहरीको लागि चुनौती बन्दै गएको डीआईजी कडायत स्वीकार गर्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro