राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा हरि रिजालले अग्रता बनाएका छन् । दुईसय मत गणना हुँदा रिजालले १०९ मत पाएका छन् ।
उनलाई पछ्यारहेका राधकृष्ण कँडेलले ८९ मत पाएका छन् ।
यसअघि १०० मत गणना हुँदा उनीहरूले समान ५०–५० मत पाएका थिए ।
निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० २१:१४
प्रतिक्रिया दिनुहोस्