site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोर्खा सैनिकलाई ब्रिटिस सरकारले समान व्यवहार गरेन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोर्खा सैनिकलाई ब्रिटिस सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पूर्वगोर्खा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिसको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, बिस्तार र सेवामा समर्पित गोर्खालीहरुलाई ब्रिटिस सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताए ।

यो विषय सबै नेपालीहरुको लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको उल्लेख गर्दै उनले गोर्खालीहरुले ब्रिटिस राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिस सेनामा भर्ती भएका नेपालीहरुलाई तलब, सेवा सुविधा, पेन्सनलगायतका विषयमा समान व्यवहार हुन नसकेकोले सरकारले अहिले भारत र बेलायतसँग यस बारेमा आवश्यक छलफल गर्ने काम गरिरहेको बताए ।

अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पनि समान व्यवहार, श्रमको उचित मूल्य र आत्मसम्मान पाउन नसकेको उनले बताए । भूतपूर्व गोर्खा सैनिकको समस्या राष्ट्रियस्तरबाट मात्र समाधान गर्न सक्ने मुद्दा नभएर बहुपक्षीय रुपमा उठाउनुपर्ने र समर्थन गर्नुपर्ने मुद्दा भएको उनले बताए ।

प्रधानमन्त्रीले गोर्खा सैनिकको समस्या समाधानका लागि सरकारले जिम्मेवारपूर्ण ढंगले अभिभावकत्व प्रदान गर्ने बताए । अन्तर्राष्ट्रिय मञ्चमा जाँदा सम्बन्धित पक्ष र देशसँग गोर्खा सैनिकको मुद्दाका बारेमा गम्भीर रुपमा प्रश्न उठाउने गरेको उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro