site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकै प्रकृतिको मान्छे एउटै समितिमा थुप्रो नलागौँ : बाँस्कोटा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले निवर्तमान मन्त्रीहरू सोही प्रकृतिको संसदीय समितिमा बस्न नहुने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको लेखा समितिको बैठकमा उनले तथ्यमा टेकेर निर्णय गर्नुपर्नेमा जोड दिए ।

“पूर्वमन्त्री र भर्खर बाहिर निस्केका मन्त्रीहरू सोही समितिमा नबसौँ । तरंगित भएर हैन, तथ्यमा टेकेर निर्णय गरौँ,” उनले भने, “उजुरी आएपछि ‘फ्याक्ट चेक’ गरेर मात्र प्रस्तुत गरौँ । एकै प्रकृतिको मान्छेहरू एउटै समितिमा थुप्रो नलागौँ ।”

उपसमिति बनाएर बिरोलो बाँध्ने काम मात्र गर्न नहुने उनले बताए । “काम टप टु बटम गर्ने, लेटेस्ट प्रतिवेदनबाट काम सुरु गरौँ । टाइसिट बनाऊँ,” उनले भने, “उपसमिति बनाए पनि बिरालो बाँध्ने काम मात्र नगरौँ । जवाफदेही बनौँ ।”

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro