site stats
बाह्रखरी :: Baahrakhari
देश
क्यानडा पठाइदिने भन्दै ३४ लाख ठग्ने दुईजना पक्राउ
फाइल तस्बिर।

काठमाडौं । वैदेशिक रोजगारको लागि क्यानडा पठाइदिने भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका–६ का ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका–४ का ३५ वर्षीय महावीरप्रसाद साह छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमार्फत आकर्षक तलब सुविधाको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली विज्ञापन पोस्ट गरी सम्पर्कमा आएका व्यक्तिलाई क्यासियरको काम लगाइदिने भन्दै पीडितहरुबाट ३४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्