काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ ।
पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सप्तरीको इन्चार्जमा बादलप्रसाद यादव र सहइन्चार्जमा छेदी यादव, सिरहाको इन्चार्जमा कौशलेन्द्र यादव र सहइन्चार्जमा विष्णुकुमार साह, धनुषाको इन्चार्जमा राजनारायण यादव र सहइन्चार्जमा शैलेन्द्रकुमार यादव, महोत्तरीको इन्चार्जमा अशोककुमार यादव र सहइन्चार्जमा राजीवकुमार यादवलाई तोकिएको छ ।
यस्तै, सर्लाहीको इन्चार्जमा रामआशिष यादव र सहइन्चार्जमा सञ्चमाया मोक्तान, रौतहटको इन्चार्जमा चन्देश्वर महतो र सहइन्चार्जमा राजकुमार दास, बाराको इन्चार्जमा सिहासन सा कलवार र सहइन्चार्जमा सोहन शर्मा र पर्साको इन्चार्जमा अधदभूषण यादव र सहइन्चार्जमा दीपक यादव रहेका छन् । रासस