site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शान्तिप्रक्रिया टुंगोमा नपुर्‍याइँदा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत भयो : कल्याण श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्तिप्रक्रिया टुंगोमा नपुर्‍याइँदा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत हुनुपरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन अब कुनै पनि बहानामा ढिलाइ गर्न नहुनेमा उनले जोड दिए । पीडितलाई न्यायका लागि प्रतीक्षा गराउन नहुने उनले बताए ।

उनले शान्तिप्रक्रियाका बाँकी काम टुंगो लगाउन राष्ट्रिय प्रयास आवश्यक रहेको उल्लेख गरे । जतिसुकै जनआन्दोलन भए पनि अन्याय दबाएर दिगो विकास र शान्ति स्थापना हुन नसक्ने उनले बताए ।

“यो देश हाम्रो शान्तिमय देशको रूपमा संसारको मानचित्रमा बसेको देश हो । केही समय हामी द्वन्द्वपीडित देशमा वर्गीकृत छौँ । विश्व मानचित्रमा द्वन्द्वपीडित राष्ट्रमा हामी चित्रित छौँ । यो शान्तिप्रक्रिया टुंगोमा नपुगेका कारणले यो चित्र हाम्रो निरन्तर छ । यो निरन्तर भएको चित्रलाई बदल्नुपर्छ । ग्लोबल म्यापबाट हामीले द्वन्द्वपीडित राष्ट्र होइन, शान्तिमय देशको रूपमा बदल्नुपर्छ,” उनले भने, “यो जस सम्माननीय प्रधानमन्त्री (प्रचण्ड)को कार्यकालमा होस् । पीडितलाई न्यायको प्रतीक्षा अब ढिलाइ हुन दिनु हुँदैन । यो समाधान गर्न सकिने विषय हो । राष्ट्रिय प्रयासबाट हुनसक्छ । हामीमा ऊर्जा, सहाज, लगन र उदारता जरुरी छ । राजनीतिक पाटोबाट उपलब्धि हासिल त भए, राजनीतिक वर्गले केही उपलब्धि त लिए, तर जतिसुकै जनआन्दोलन भए पनि त्यो जनआन्दोलन वा क्रान्तिमा भएका अपचारहरू, अन्यायहरू सहिदेऊ भनेर पीडितलाई भन्ने अधिकार कसैलाई छैन । अन्याय सहन हुँदैन, सहन भन्नु हुँदैन । त्यो तर्जुमा गर्न सक्ने भनेको न्यायबाट हो ।”

पूर्वप्रधानन्यायधीश श्रेष्ठले न्यायलाई इन्कार गरेर दिगो शान्ति हुन नसक्ने बताए ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro