site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेजनको अध्यक्षमा ओली

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली विजयी भएका छन् ।

शनिबार सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओली ९९ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

Dabur Nepal
NIC Asia

निकटम प्रतिद्वन्दी शिरोमणी ढुंगानाले ९६ मत प्राप्त गरेका थिए । साधारणसभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका थिए ।

सेजनको महासचिवमा विश्वास रेग्मी भने निर्विरोध निर्वाचित भएका छन् । सचिवमा सोभित थपलिया निर्वाचित भएका छन् । थपलियाले १०६ मत पाएका छन् भने प्रत्यासी मुना कुँवरले ७९ मत पाएकी छन् ।

कोषाध्यक्षमा निर्वाचित अच्युत पुरीले १६० मत पाएका छन् भने प्रत्यासी कमला अर्यालले ८५ मत ल्याएकी छन् ।

सेजन सदस्यहरूमा केशु लामिछाने (१८८), हेमन्त जोशी (१७९), ममता थापा (१५६), छवि सापकोटा (१२८), वसन्तराज उप्रेती (१४५) मतसहित निर्वाचित भएका छन् । सेजनको निर्वाचनमा २५२ मत खसेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro